स्वास्थ्य

हितकारी वनस्पती तुलसी

हितकारी वनस्पती तुलसी

तुलसीका पात, जरा बीउ स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । आयुर्वेदमा पनि यसका विभिन्न गुणहरु उल्लेख छन् ।

यौनरोगको उपचार

यौन दुर्बलता, शिथिलाजस्ता यौन समस्यामा तुलसीको बीउले फाइदा पुर्र्याउछ । यौनरोगका विभिन्न औषधी बनाउन तुलसीको प्रयोग गरिन्छ ।

अनियमित महिनावारीको उपचार

थुप्रै महिलामा अनियमित महिनवारीको समस्या हुन्छ । तुलसीकोको बीउ र पातको नियमित सेवनले यस्ता समस्यामा फाइदा पु¥याउँछ ।

जाडोमा फाइदा गर्छ

जाडोमा चिसोले सताउने गर्छ । कतिलाई हप्तैपिच्छे रुघाखोकी र हल्का ज्वरोले सताउने गर्छ जाडोयाममा मिस्री र तुलसीको पात पानीमा राम्ररी उमालेर त्यसको काढा खाने हो भने रुघाकोकी र ज्वरोबाट पुक्ति पाइन्छ ।

पखालाको उपचार

तुलसीको पातलाई जिरासँग मिसाएर पिस्ने । यसको घुलो सेवन गर्नाले पखाला रोकिन्छ ।

सासको दुर्गन्ध हटाउन

सास गन्हाउँछ भने तुलसीको पात चपाउनु पर्छ । तुलसीको पातले सासको दुर्घन्ध हटाउँछ ।

घाउको उपचार

तुलसीको पातलाई फिटकिरीसँग मिसाएर घाउमा लगाउनु पर्छ । घाउ चाँडै निको हुन्छ । तुलसीमा एन्टी ब्याटेरियल तत्व हुन्छ । तुलसीको पातलाई तेलमा मिसाएर लाउनाले घाउको पीडा कम हुन्छ ।

चम्किलोे अनुहारका लागि

छालासम्बन्धी रोगमा तुलसी निकै फाइदाजनक हुन्छ । यसको पातलाई पिसेर दिनहुँ लगाउने गर्नाले अनुहार चम्किलो बन्छ । तुलसीको पात पकाएर त्यसको काढा खाने गर्नले पनि अनुहार सफा हुन्छ । तुलसीले दाग धब्बा हटाउने काम गर्छ ।

 

विशेष