मनोरञ्जन

यी नायिकाले लगाइन एअरलाइन्समाथि दुर्व्यवहारको आरोप

यी नायिकाले लगाइन एअरलाइन्समाथि दुर्व्यवहारको आरोप


काठमाडौं । फिल्म दंगलमा गीता फोगटको बाल्यकालीन भूमिका निर्वाह गर्ने जायरा वसीमले विस्तारा एअरलाइन्समाथि दुर्व्यवहारको आरोप लगाएकी छ् ।
आफूमाथि भएको दुर्व्यवहारको बारेमा उनले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेर बताइन् । शनिवार दिल्लीबाट मुम्बईको उडानका बेलामा सहयात्रीले उनीसँग दुर्व्यवहार गरेको उनको आरोप छ ।

उनले यसबारेमा गुनासो गरेपनि विमान कर्मचारीले उनलाई सहायता गरेनन् । विमानसेवाले जायराको आरोपलाई अस्वीकार गरेको छ । यस घटनामा राष्ट्रिय महिला आयोगले ध्यानआकर्षण भएको बताउँदै एअयरलाइन्सलाई नोटिस पठाएको छ । उड्डयन मन्त्रालयले पनि विस्तारा एअयरलाइन्ससँग विस्तृत रिपोर्ट मागेको छ ।

उनी भन्छिन्, ‘म दिल्लीबाट मुम्बई जाँदै थिए । मपछाडि बसेका एक मानिसले मलाई आधी घन्टासम्म दिक्क लगाए । मैले उसलाई तह लगाउन उसको क्रियाकलाप फोनमा रेकर्ड गर्न खोजें तर क्याबिनमा धमिलो प्रकाश भएकाले त्यस्तो गर्न सकिनँ । लगभग १० मिनेट जति उसले मलाई कम्मर र गर्दनमा घरिघरि छोयो ।’

विशेष