मुख्य समाचार

७ सय मतान्तरले पराजित भए वामदेव गौतम

७ सय मतान्तरले पराजित भए वामदेव गौतम

बर्दिया । वामगठबन्धका अर्का सुत्रधार वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका छन्।

बामदेव निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्‍मेदवार संजय गौतमसँग ७ सय ५३ मत अन्तरले पराजित भएका हुन्। सुरुमा अग्रता लिएका बामदेव पछि संजयको मतान्तर बढ्दै गएपछि पराजित भए। निर्वाचन आयोगका अनुसार विजेताको आधिकारिक घोषणा गर्न बाँकी छ।

निर्वाचनका बखत मन्त्री गौतमले एमाले उपाध्यक्ष गौतमलाई २०७०मा निर्वाचित पछि बर्दिया छोडेको, विगत २५ बर्ष देखि पटक पटक जितेर मन्त्री बन्दा खासै काम नगरेको र राजनीतिमा परिवारबाद स्थापित गर्न खोजेको भन्दै चुनावी सभाहरुमा प्रहार गर्ने गरेका थिए।

उपाध्यक्ष गौतमले श्रीमतीलाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाए पछि एमालेकै असन्तुष्टहरुले सहयोग गर्दा सिचाइ मन्त्री गौतमको जित सहज भएको हो। यसअघि गठबन्धनका अर्का सुत्रधार नारायण काजी श्रेष्ठ गोरखा-२ बाट पराजित भएका थिए।

विशेष