मुख्य समाचार

मेयरमा लज्जास्पद हार बेहोरेका श्रीवास्तवले पार्टी फेर्दै चुनाव जिते

मेयरमा लज्जास्पद हार बेहोरेका श्रीवास्तवले पार्टी फेर्दै चुनाव जिते

वीरगञ्ज । दुई महिनाअघि भएको स्थानीय चुनावमा मेयरमा लज्जास्पद हार बेहोरेका विमल श्रीवास्तव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी पर्सा–२ बाट संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका थिए ।

श्रीवास्तव पर्सा २ बाट २१ हजार १ सय ६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका अजयकुमार चौरसियाले १९ हजार ७ सय ४ मत पाएका छन् । मेयरमा लड्नुअघि उनी राष्ट्रिय जनता पार्टीमा थिए । तर टिकट नपाएपछि लोकतान्त्रिक फोरममा प्रवेश गरी मेयर लडेका थिए ।

उनी प्रतिनिधिसभा चुनावअघि नै लोकतान्त्रिक फोरम छोडेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम प्रवेश गरेका थिए । यसअघि वीरगन्जको मेयरमा फोरमका विजयकुमार सराबगी विजयी भएका थिए । वीरगन्जको मेयरमा श्रीवास्तव चौथो भएका थिए।

 

विशेष