मुख्य समाचार

उदयपुरमा बम पड्काउने मुख्य योजनाकार समातिए

उदयपुरमा बम पड्काउने मुख्य योजनाकार समातिए

उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिका–६, दनुवारवेशीमा बम पड्काउने घटनाका मुख्य योजनाकार समातिएका छन् ।

उदयपुर जिल्ला प्रहरीबाट खटिएको टोलीले उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित विद्युतीय धराप थाप्ने मुख्य योजनाकारलाई समातेको हो । समातिने त्रियुगा नगरपालिका–८, शाहीखोलाका बलबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र उनीहरूसम्म चाँडै प्रहरी पुग्ने उदयपुर जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

गत बुधबार बिहान उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उमेदवार नारायणबहादुर कार्की चढेको जीपलाई लक्षित गरी बम विष्फोट गराइएको थियो । बम विष्फोटबाट उम्मेदवार कार्कीसहित ७ जना घाइते भएका थिए । त्यसमा उम्मेदवारा कार्की सख्त घाइते थिए ।

विशेष