मनोरञ्जन

इटालीको अंगुरबारीमा विवाह गर्दै विराट र अनुष्का जहाँ बाराक ओबामाले बिदा मनाएका थिए

इटालीको अंगुरबारीमा विवाह गर्दै विराट र अनुष्का जहाँ बाराक ओबामाले बिदा मनाएका थिए

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिक्रेटर विराट कोह्ली यही डिसेम्बर १५ मा विवाह गर्दै छन् । उनीहरुको विवाहको लागि इटालीमा भव्य तयारी भइरहेको छ । स्रोतले जनाएअनुसार, विवाहमा केही छानिएका व्यक्तिलेमात्र भाग लिनेछन् । इटालीको मिलान शहरस्थित बोगो फिनोसिटो रिजोर्टमा उनीहरुको विवाह हुने तयारी छ ।

अुनष्काले आफूलाई अंगुर खेती गरिएको स्थानमा विवाह गर्न मन भएको कुरा एक अन्तर्वार्तामा बताएकी थिइन् । बोगो फिनोसिटो रिसोर्ट एक भाइनयार्ड हो जहाँ अंगुरको खेती गरिन्छ । उक्त रिसोर्टमा एक पटकमा जम्मा ४४ जना मानिसमात्र भित्र जान पाउँछन् । त्यस रिसोर्टमा अमिरिकी पूर्व राष्ट्रपति बाराक ओबामा पनि पत्नी मिसेल ओबामासँग बिदा मनाउन पुगेका थिए ।

विवाहमा बलिउड र क्रिकेट जगतका केही नामी व्यक्तिलाईमात्र निमन्त्रणा गरिएको छ । जानकारीअनुसार, अनुष्काले विवाहमा शाहरुख खान, आमिर खान, रणबीर कपूर, कट्रिना कैफ, करण जोहर, आदित्य चोपडा, निर्देशक मुनीस शर्मालाई निमन्त्रणा दिएकी छिन् ।

विराट कोह्लीले सचिन तेन्दुल्कर, युवराज सिंह, कोच राजकुमार शर्मासहित आफ्ना बाल्यकालका इष्टमित्रलाई निमन्त्रणा दिएका छन् । विवाहको रिसेप्सन भने २१ डिसेम्बरमा हुन सक्ने बताइएको छ ।

Virushka

विशेष