मुख्य समाचार

बम बनाउने विष्फोट सामाग्री सहित समातिए दुई भारतीय

बम बनाउने विष्फोट सामाग्री सहित समातिए दुई भारतीय

धादिङ । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा ठूलो परिमाणमा बम बनाउने सामाग्री फेला परेको छ ।

धादिङको धुनिबेशी नगरपालिकास्थित खानी खोलामा सुरक्षाजाँच गर्ने क्रममा ना ७ ख ४९७६ नम्बरको बसमा बिस्फोटक सामाग्री र आवश्यक उपकरण फेला परेको खानेखोला इलाका प्रहरी कार्यालयले जनाएको छ । बम बनाउने सामग्रीसहित २ जना भारतीय नागरिक समेत पक्राउ परेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले ती भारतीय नागरिकको नाम भने गोप्य राखेको छ ।

खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बसबाट भारतीय नागरिकलाई विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरेको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए । उनका अनुसार सबै सामान नष्ट गर्न गजुरीस्थित सेनालाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए ।

विशेष