मनोरञ्जन

अबुधाबीमा भेटिएकी नायीका निरूता सिहं अझै पनि कति राम्री

अबुधाबीमा भेटिएकी नायीका निरूता सिहं अझै पनि कति राम्री

काठमाडौं । एक समयकी चर्चित नायिका निरुता सिंहले नेपाली सिनेनगरीमा राज गरेकी थिईन । तर करिब एक दशकदेखि नेपाली चलचित्र क्षेत्रबाट टाढा छिन् । उनले चलचित्र अभिनय मात्र होइन, नेपाल नै छाडेर भारतको मुम्बईमा इन्टेरियर हाउस सञ्चालन गरेर बसेकी छन् ।

उनै निरुता अहिले नेपाली चलचित्रसम्बन्धी एउटा अवार्ड कार्यक्रममा भाग लिन दुबई पुगेकी छन् । लामो समय चलचित्र अभिनयमा नदेखिएकी निरुतामा सुन्दरता अझै उस्तै देखिन्छ । सञ्चारकर्मी नरेश भट्टराई र निरुतासँग खिचेको तस्बिर हास्य कलाकार जितु नेपालले फेसबुकमा सार्वजनिक गरेका छन् ।

‘नरेशजीले भन्नुभयो, निरूताजी अझै पनि कति राम्री, मैले भनें, नरेशजी, निरूताजी कहिले नराम्री हुनुहुन्थ्यो र ! राम्रा मान्छे सधैं राम्रै हुन्छन् । लामो समयपछिको भेटघाट एक जमानाकी चर्चित नायीका निरूता सिंहज्यूसँग आबुदाबीमा । चाँदनी, दर्पणछायाँ, लहना, दुई किनारलगायत धेरै चलचित्रमा संगै अभीनय गरीयको सम्बन्धलाई यो भेटले रिन्यु गर्ने काम गरेको छ,’ कलाकार जितुले लेखेका छन् ।

 

विशेष