मुख्य समाचार

आन्तरिक उडानको भाडा बढ्यो, कहाँ जान कति लाग्ने (भाडादरसहित)

आन्तरिक उडानको भाडा बढ्यो, कहाँ जान कति लाग्ने (भाडादरसहित)

काठमाडौं । वायु सेवा सन्चालक संघले आन्तरिक हवाई उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी आन्तरिक हवाई उडानका भाडा बढाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ । यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर रु पाँच बढाएको थियो ।

संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ ।

त्यस्तै, सिमराका लागि सबैभन्दा कम प्रतियात्रु रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु ३ हजार ९५० रहेकामा अब ४ हजार १० कायम भएको छ ।

हवाई भाडा सूची हेर्नुहोस्

माउन्टेन फ्लाइट्स पुरानो भाडादर रु १०८५०, नयाँ भाडादर रु ११०२०

पोखरा  पुरानो भाडादर रु ४६५०, नयाँ भाडादर रु ४७३०

भैरहवा  पुरानो भाडादर रु ५९५०, नयाँ भाडादर रु ६०५५

भरतपुर पुरानो भाडादर रु ३४५०, नयाँ भाडादर रु ३५०५

विराटनगर  पुरानो भाडादर रु ७१००, नयाँ भाडादर रु ७२२०

नेपालगन्ज पुरानो भाडादर रु ९४००, नयाँ भाडादर रु ९५६५

भद्रपुर  पुरानो भाडादर रु ८६००, नयाँ भाडादर रु ८७५०

धनगढी  पुरानो भाडादर रु १२१००, नयाँ भाडादर रु १२३२०

जनकपुर पुरानो भाडादर रु ३९५०, नयाँ भाडादर रु ४०१०

सिमरा  पुरानो भाडादर रु ३०००, नयाँ भाडादर रु ३०४५

तुम्लिङटार  पुरानो भाडादर रु ५६२५, नयाँ भाडादर रु ५७२०

विशेष