मनोरञ्जन

४४ वर्षको उमेरमा पनि यति फिट मलाइका

४४ वर्षको उमेरमा पनि यति फिट मलाइका

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोडा ४४ वर्षकी भइसकेकी छिन् । आफूलाई फिट राख्नका लागि उनी धेरै समय जिममा वर्कआउट गरेर बिताउने गर्छिन् । उनले सामाजिक सञ्जालमा पनि वर्कआउट गर्दै गरेका धेरै फोटोहरु सेयर गर्ने गरेकी छिन् । एक अन्तर्वातामा उनले आफ्नो फिटनेसबारे खुलासा गरेकी थिइन् ।

मलाइका आफ्नो डाइटमा भरपूर रुपमा तरकारीको सेवन गर्ने गर्छिन् । यसका साथै उनी ‘एन्टी अक्सीडेन्ट’ खानेकुराको पनि सेवन गर्ने गर्छिन् । उनी वर्कआउट पछि धेरै भन्दा धेरै स्वास्थ स्नाक्स खान रुचाउछिन् ।

उनी फिट रहनका लागि वर्कआउट सँगसँगै आफ्नो खानपानमा पनि निकै ध्यान दिने गर्छिन् । उनी धेरै किसिमका आउटडोर स्पोर्टस खेल्ने गर्छिन् । यसका साथै हरेक दिन स्वीमिङ, साइक्लिङ र जगिङ पनि गर्ने गर्छिन् । उनको फिटनेस सेड्युलमा योगा, डान्स, वेट ट्रेनिङ, किक बक्सिङ पनि पर्छन् ।

विशेष