मनोरञ्जन

कार्टुन्स क्रु छोडेर विचल्ली पारे सबिनले

कार्टुन्स क्रु छोडेर  विचल्ली पारे सबिनले

काठमाडौं । हिजोआज युटुबको भ्युजलाई धेरै चासोका साथ हेरिन्छ । जसकारण भिडियो बनाएर युटुबमा हाल्ने ट्रेन्ड आजभोली नेपाली समाजमा बढ्दो छ । नेपालको  कार्टुन्स क्रुमा पहिलो नम्बरमा आउने गर्छन ‘काटुर्न क्रुज’ का गीतका भिडियोहरु । सँगै उनीहरुकै अर्का सहकर्मी सबिन कार्की (बिस्ट) का भिडियोहरु पनि ट्रेण्डिङमा पर्ने गरेका छन् । पछिल्लो समय उनको निर्देशन र प्रस्तुतीमा बनेको ‘भाइरल भइदियो’ गीतको बोलको भिडियोले युटुबमा तहल्कै मच्चाएको थियो ।

‘कार्टुन क्रुज’ को सुरुवात हुँदा ‘पानी पर्यो’ बोलको गीतको डान्स भिडियोले युटुबमा तहल्कै मच्चाएको थियो । त्यतिबेला सबिन पनि टिममै रहेर काम गर्ने गर्थे । निर्देशनको पाटो सम्हाल्ने गरेका सबिनकै भरमा थिए टिमका अन्य सदस्यहरु । निर्देशन र छिायांकन गर्ने पाटो सबनिले सम्हाल्दा ढुक्कै थिए अन्य सहकर्मी ।

तर, त्यो ढुक्क हुने वातावरण सधैं टिक्न सकेन । सबिनले बीचमै टिम छोडेर गए । बाहिर मिडियामा आफू आफ्नो पढाइको कारणले गर्दा टिमबाट अलग्गिएको पनि सबिनले जानकारी गराए । तर, यसबारे वास्ताविकता टिमका अन्य सदस्यले खोलेका छन् । एक अनलाइनले लिएको अन्तर्वार्तामा भावुक हुँदै आस्माले भनिन्, ‘हामी त्यतिबेला कति दुःखमा थियौं । त्यस्तो समयमा सबिन दाइले हामीलाई छोडेर जानुभयो ।’

यसमा थप्दै सरोज अधिकारीले भने, ‘हामीसँग त्यतिबेला आफ्नो च्यानल समेत पनि थिएन । पहिला भएको च्यानल सबिनको नाममा थियो । उसले पनि छोडिहाल्यो । क्यामेरा पनि चलाउन आउँथेन । त्यसबेला हामीसँग दुईवटामात्र बोटो थियो कि छोड्ने कि फेरि अघि बढ्ने । जसोतसो हामीले हिम्मत हारेनौं । एउटा आशाले अघि बढ्यौं आज त्यही आशाले नै हामी यहाँसम्म आएका छौँ । कति भिडियोहरु सित्तैमा पनि गर्नुपरेको थियो । दश वर्षको मेहनत पछि बल्ल फस्टाउँदै छौं ।’

कतिले कार्टुन क्रुजलाई सबिनलाई निकालेको आरोप लगाउँदै आएका छन् । यस्ता आरोपले आफूलाई दुःखी बनाउने गरेको भन्दै सरोजले थपे, ‘हामीले उसलाई निस्किएर जान भनेका थिएनौं । ऊ आफैं निस्कियो र बीचमा आफैँ सम्पर्कविहिन भयो । अहिले त बोलचाल नभएको पनि धेरै भइसक्यो ।’

कतिपयले सबिनबिना ‘कार्टुन क्रु’ केही होइन भन्नेलाई आश्माले भनिन्, ‘कोरियोग्राफी गर्ने काम सरोजले पनि गर्थे तर उसको नाम कहिल्यै आएन । सबिन दाइको एकदमै याद आउँछ । तर, हामीले धेरै दुःख पाएको क्षणमा उहाँले छोड्नुभयो । अब फेरि त्यो घटना नदोहोरियोस् ।’

अहिले युटुबमा सार्वधिक चर्चा भएपछि कमाइ पनि टन्नै हुन्छ भन्ने धेरै भ्रम हुन्छ । तर, वास्ताविकता फरक भएको उनीहरुले बताए । पकेट खर्चको लागि पनि गाह्रो हुने गरेको उनीहरुले गुनासो गरे । सरोजले थपे, ‘सुटिङको पैसा आउँदा एकजनाको भागमा पाँचहजार रुपैयाँ पनि पर्दैन । जसोतसो चलिरहेको छ ।’
हाल ‘कार्टुन्स क्रु’ केही समयमा कामबाट विश्राम लिने निर्णय गरेका छन् । तीन चारवटा प्रोजेक्ट गरेपछि काम गर्नै मन नै नभएको अन्त्र्वार्तामा बोल्दै आश्माले भनिन् । अब कम्पिटिसनमा भाग लिने सरोजले बताए । नयाँ लेभल बनाउनको लागि केही समय विश्राममात्र लिन लागेको उनीहरुले निष्कर्ष निकाले ।

विशेष