खेल

नेपालकाे दाेस्राे जित, हङकङ ४ विकेटले पराजित

नेपालकाे दाेस्राे जित, हङकङ ४ विकेटले पराजित

एसीसी अन्डर १६ इस्टर्न रिजनल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेकाे छ ।

टेर्ड थाई मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३५ ओभर ९ विकेट गुमाई ८२ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रेकाे नेपालले निर्धारित लक्ष्य २४.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि तीर्थराज दासले सर्वाधिक २७ रन बनाए । त्यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसी र शुशील भण्डारीले ११/११ रन बनाए ।

हङकङलाई ८२ रनमा रोक्न नेपाली बलर प्रतिस जिसीले सर्वाधिक ३ विकेट हात पारे । यस्तै अजय कुमार लुनियाले २ विकेट लिन सफल भए । लुनियाले कूल ७ ओभर बलिङ गर्दै ५ मेडन ओभर सहित मात्र २ रन खर्चेका थिए । नारायण जोशी र निखिल कुमार सिंहले पनि १/१ विकेट हात पारे ।

नेपालले आफ्नो पहिलो खेलमा सोमबार थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । यस्तै हङकङले आफ्नो पहिलो खेलमा म्यानमारलाई पराजित गरेको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा हङकङ, थाइल्याण्ड र म्यानमारसंगै रहेको छ । समुहमा उत्कृष्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ । प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिङसमा खेलाइएको छ ।

Nepali Cricket

विशेष