मुख्य समाचार

पुस भित्र नयाँ सरकार बन्ने, गृहकार्य थाले एमाले माओवादीले

पुस भित्र नयाँ सरकार बन्ने, गृहकार्य थाले एमाले माओवादीले

काठमाडौं । एमाले र माओवादी केन्द्रले पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सूची प्रकाशित गर्नेवित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन्।

एमालेका प्रवक्त विष्णु रिजालेले निर्वाचन आयोगले अन्तिम सूची सार्वजनिक गर्ने वित्तिकै नयाँ सरकार गठन हुने बताए । रिजालले ढिलोमा पुसको १५ गतेभित्र देशले नयाँ सरकार पाउने छ।

रिजालले भने, विजयोत्सव मनाउन गृहजिल्ला पुगेका दुवै दलका नेताहरु राजधानी फर्केपछि पार्टी एकीकरण र सरकार गठनको विषयले तिव्रता पाउँछ।

विजयोत्सव मनाउन एमाले अध्यक्ष केपी ओली गृह जिल्ला झापा र माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड चितवनमा छन्।

नागरिक

विशेष