मुख्य समाचार

समानुपातिकमा एमालेकै अग्रता, कांग्रेस पछ्याउँदै

समानुपातिकमा एमालेकै अग्रता, कांग्रेस पछ्याउँदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ ।

आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एमालेले ९ लाख ६२ हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ३ हजार मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ लाख ९४ हजार, संघीय समाजवादी फोरमले ६६ हजार, विवेकशील साझा पार्टीले ५५ हजार, राप्रपाले ४९ हजार, राजपा ४३ हजार, नयाँ शक्ति पार्टीले ३१ हजार, राप्रपा प्रजातान्त्रिकले १९ हजार र राष्ट्रिय जनमोर्चा २४ हजार मत पाएका छन्  । अरु दलले ६९ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

विशेष