मनोरञ्जन

यी नायिका भन्छिन्, मलाई पेन्सनको व्यवस्था गरियोस अनि मात्र मलाई यौन शोषण गर्नेको नाम भन्छु

यी नायिका भन्छिन्, मलाई पेन्सनको व्यवस्था गरियोस अनि मात्र मलाई यौन शोषण गर्नेको नाम भन्छु

मुम्बई । हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरूले आफूमाथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर रोजीरोटीको चिन्ताका कारण ती नायिका आफूलाई यौन शोषण गर्ने व्यक्तिका बारेमा भने विस्तृत खुलाउन चाहँदैनन् ।

नायिका ऋचा चढ्ढाले कामको चिन्ताले नायिकाहरू आफू पीडित भए पनि खुल्न नचाहेको बताइन् । केही समयअघि यही विषयमा ब्लग लेखेपछि ऋचा नारीवादीहरूको निशानामा परिन् । नारीवादीहरूले सोधे, ‘तिमी यौन शोषण भयो भन्छ्यौ, तर आफूलाई यौन शोषण गर्ने व्यक्तिका बारेमा किन उल्लेख गर्दिनौ ?’

जवाफमा ऋचाले भनिन्, ‘मलाई पेन्सनको व्यवस्था गरिदिनुस्, म भन्छु ।’ यौन शोषण गर्ने व्यक्तिका बारेमा मुख खोलेपछि फिल्म र टेलिभिजनले कामै दिन छोड्ने उनको भनाइ थियो । उनले थपिन्, ‘यदि कामको ग्यारेन्टी गरिदिने हो भने लाख युवती खुलेर आउँछन् र यौन शोषणको कहानी बताउँछन् ।’

यौन शोषणका बारेमा खुलेर कुरा गर्ने युवतीहरूलाई बलिउडले कहिल्यै सुरक्षा नदिएको उनको भनाइ थियो । उनको भनाइअनुसार महिलाका विषयमा फिल्म बनाउने निर्देशकहरू यौनको मामलामा सबैभन्दा खराब छन् । 

विशेष