मनोरञ्जन

इटाली पुगेर विराट र अनुष्काले लगनगाँठो कसे

इटाली पुगेर विराट र अनुष्काले लगनगाँठो कसे


एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटाली पुगेर विवाह गरेका छन्।

उनीहरुले सोमबार बिहान एक निजी समारोहका बीच विवाह गरेका हुन्।   विवाहपछि ‘आज हामीले सदा एकअर्काको प्रेममा बाँधिने प्रतिज्ञा गरेका छौँ,’ अनुष्का र विराटले सामाजिक सञ्जालमा विवाहको घोषणा गर्दै लेखेका छन्।   विवाह समारोहमा परिवारका निकट व्यक्तिहरु मात्र उपस्थित रहेको बताइएको छ । उनीहरुले यसै महिना मुम्बइमा एक भव्य पार्टी दिने योजना पनि बनाएको समाचारहरुमा जनाइएको छ।

सो पार्टीमा क्रिकेट र फिल्मका हस्तीहरु उपस्थित हुने अपेक्षा गरिएको छ।   विराट र अनुष्का पहिलो पटक सन् २०१३ मा एक सेम्पुको विज्ञापनमा काम गर्दा भएको थियो। त्यसपछि उनीहरुले वर्षौँ डेटिङ गरेका थिए । उनीहरुको ब्रेकअप भएको हल्ला पनि चलेको थियो। दुवैले आफूहरुको सम्बन्धबारे स्पष्ट रुपमा केही बोलेका थिएनन् ।

विशेष