मनोरञ्जन

ऋचा र दर्शकसँग हात जोडेर माफी मागिन् प्रियंकाले

ऋचा र दर्शकसँग हात जोडेर माफी मागिन् प्रियंकाले

काठमाडौं । पछिल्लाे समय नेपाली मिडियामा नायिका ऋचा शर्मा र छक्का पञ्जा टोलीको विवादले सञ्चार माध्यम तताएको थियो । एक समारोहमा नायिका शर्माले फिल्म ‘छक्का पञ्जा’ मा नारी हिंसाको विषयलाई हाँस्यस्पद रुपमा प्रस्तुत गरेकोमा आलोचना गरेपछि ‘छक्का पञ्जा’ टिमले फेसबुकमा एउटै स्टाटस लेखे । ऋचालाई स्टाटसमा चाँडै निको हुनु भनेपछि मानव लहरै उर्लेर आयो । विभिन्न ट्रोल बनेर दिपकराज गिरी, प्रियंका कार्की, स्वस्तीमा खड्का र वर्षा राउतमाथि अत्याधिक गालीको वर्षात भयो ।

एउटै स्टाटस कपि पेस्ट गरेर हाल्दा धेरैले प्रियंका कार्कीबाट भने त्यो आशा गरेका थिएनन् । यस कुरालाई नायिका कार्कीले पनि आत्मसात गरिसकेकी छिन् । एक पत्रकारसँगको अन्तर्वार्तामा बोल्दै उनले भनिन्, ‘सबै मानिस नै हुन् । हामीबाट गल्ती हुँदै हुँदैन भन्ने होइन । हामी चिप्लीदैनौ भन्ने होइन । क्रेडिबल समाचार पोर्टलले त्यस्तो हेडलाइन लेख्दा दुःख लाग्यो । सबै फिल्ममा मेहनेत हुन्छ । कलाकार भएर सबै किसिमका फिल्मलाई अघि बढाएको छु । सबैको आफ्नो फिल्म बनाउने तरिका हुन्छ । फिल्म मेकिङको धेरै पाटाहरु हुन्छन् । यो सबै कुरा बुझ्दा पनि फिल्म हेर्नेलाई मुर्ख भनेको भन्दा दुःख लाग्यो । हतारमा समाजिक सञ्जालमा आफ्नो भावना पोखें ।’

प्रियंकाले त्यो स्टाटस लेख्नु आफ्नो पाटोमा गलत भएको बताउँदै उनले हात जोडेरै दर्शक र ऋचासँग माफी मागिन् । यस विवादले आफूहरुको व्यक्तिगत सम्बन्धमा केही पनि असर नपरेको बताएकी छिन् । बाँकी नकारात्मक प्रतिक्रियाहरु उनले बलेको आगोमा घ्यू थप्ने काममात्र भएको बताइन् ।

 

विशेष