खेल

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । 

दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हाे । 

हरेक दुई–दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१६ मै निर्णय भए पनि साफले खेलको मिति परिवर्तन गरेको हो । 

भारतमा सन् २०१५ मा भएको एघाराैं साफ च्याम्पियनसिपपछि करिब एक वर्ष ढिला गरी प्रतियोगिता आयोजना हुन लागेको छ । 

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यो तेस्रो पटक हो । यसअघि सन् २००३ र २००९ मा बंगलादेशले सो प्रतियोगिता आयोजना गरेको थियो । 

bangladesh

विशेष