मनोरञ्जन

सुष्मा पछि जेनिशाले भेटिन् सलमानलाई

सुष्मा पछि जेनिशाले भेटिन् सलमानलाई

काठमाडौं । नायिका जेनिशा केसीले बलिउड सुपरस्टार सलमान खानसँग मंगलबार राती भेटवार्ता गरेकी छिन् । यसअघि अर्की नायिका सुष्मा कार्कीले लण्डन पुग्दा सलमानसँग भेटेकी थिइन् । सुष्माले एक फ्यानको हिसाबले सलमानलाई भेटेपनि नायिका केसीले भने मुम्बईस्थित स्टुडियोमा केही काम विशेषले सलमानसँग भेट गरेको अनुमान लगाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र सलमानको फोटो राख्दै जेनिशाले सलमानसँग किन र के कामका लागि भेटेको भन्नेबारे चाँडै नै खुलाशा गर्ने जनाएकी छिन् । नायिका केसी अब चाँडै नै बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माणमा बन्दै गरेको भोजपुरी फिल्म ‘काशी अमरनाथ’ मा देखिँदै छिन् ।

जेनिशाले नेपाली फिल्मबाट भने खासै ठूलो सफलता हात पारेकी छैनन । उनी दुई वर्षदेखि भारतमा रहेर बलिउडमा इन्ट्रि गर्ने तयारी गर्दै आएकी छिन् ।

विशेष