मनोरञ्जन

अश्लिल भिडियो बनाउने यी गायिकलाई दुई बर्षको जेल सजाय

अश्लिल भिडियो बनाउने यी गायिकलाई दुई बर्षको जेल सजाय

एजेन्सी । इजिप्टको एक अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । म्युजिक भिडियो मार्फत अश्लीलतालाई बढावा दिएको आरोपमा २५ वर्षीया गायिका सायमा अहमदलाई जेल चलान गरिएको हो । उनलाई गत महिना पक्राउ गरिएको थियो।

उनी एक म्युजिक भिडियोमा भित्री वस्त्र मात्र लगाएर केरा खाँदै गरेको देखिएकी थिइन् । उनको म्युजिक भिडियो अश्लील रहेको र उत्तेजना भड्काउने खालको भएको भन्दै तीव्र विरोध भएपछि उनलाई पक्राउ गरिेर कानुनी कारबाही अघि बढाइएको थियो ।

स्थानीय सञ्चार माध्यमले जनाए अनुसार उनलाई अश्लील भिडियो बनाएको अभियोगमा मंगलबार दोषी ठहर गरिएको हो । अदालतले भिडियोका निर्देशकलाई समेत एक वर्षको जेल सजाय सुनाएको छ ।

गायिका सायमाले आफ्नो गिरफ्तारी अगाडि नै आफू गरेका गल्तीबारे माफी मागेकी थिइन । उनले फेसबुक स्टाटस लेखेकी थिइन् मैले कहिल्यै सोचेकी थिइनँ, यस्तो होला र मान्छेहरुबाट यस प्रकारको आक्रमणको सामना गर्नुपर्ला भनेर।

सायमा अहमद आफ्नो गीतको म्युजिक भिडियोमा फलफूल खाँदै गरेको र वयस्क छात्राहरुले भरिभराउ कक्षामा पढाइरहेको पनि देखाइएको थियो। इजिप्टका जनता र सरकारलाई सायमाको फल खाने तरिका अश्लील र समाजका लागि हानिकारक लाग्यो र उनी पक्राउ परिन्। यससँगै भविष्यमा उनलाई सांगीतिक प्रस्तुतिमा समेत रोक लगाइएको छ।

विशेष