रोजगार मुख्य समाचार

सरकारी जागिर खानेका लागि सुनौलो अवसर, लोकसेवा आयोगले खोल्यो ३९० शाखा अधिकृतको विज्ञापन

सरकारी जागिर खानेका लागि सुनौलो अवसर, लोकसेवा आयोगले खोल्यो ३९० शाखा अधिकृतको विज्ञापन

काठमाडौं । सरकारी जागिर खाने इच्छा छ ?  यदि तपाइको योग्यता पुग्छ भने लोकसेवा आयोगले जागिरका लागि दरखास्त आव्हान गरेको छ ।

लोकसेवा खुल्छ कि खुल्दैन भन्ने अन्यौलतामा रहेकाहरूले पनि अब टुप्पी कसेर पढ्न बसे हुन्छ । लोकसेवाले देशभरबाट ३९० जना शाखा अधिकृतको विज्ञापन प्रकाशन गरेको छ ।

आयोगले आज मंशिर २८ गते बुधवारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा दरखास्त माग गरेको छ । आयोगले खुला तर्फ २०६, महिला तर्फ ५९ आदिवासीरजनजाती तर्फ ५२, मधेसी तर्फ ३९, दलित तर्फ १८, अपाङ्ग तर्फ ९ र पिछडिएको क्षेत्रका लागि ७ जनाका लागि विज्ञापन प्रकाशन गरेको हो ।

लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्दछ । समावेशीतर्फ छुट्टाइएको कुल पदको ४५ प्रतिशतलाई शत प्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजातिका लागि २७ प्रतिशत, मधेशीका लागि २२ प्रतिशत, दलितका लागि ९ प्रतिशत, अपांगका लागि ५ प्रतिशत र पिछडिएको क्षेत्रका लागि ४ प्रतिशत कोटा छुट्टाइएको हुन्छ ।

विशेष