खेल

ललितपुर प्याट्रियट्सले किन्याे दिल्ली डेयर डेभिल्सका नागरलाई

ललितपुर प्याट्रियट्सले किन्याे दिल्ली डेयर डेभिल्सका नागरलाई

काठमाडाैं । एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रियट्सले आईपीएल खेलेका १ खेलाडी सहित ३ जना बिदेशी खेलाडीहरुलाई आफ्नो टिममा समाबेश गरेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्याट्रियट्सले मार्की प्लेयर समेत रहेका ज्ञानेन्द्र मल्ललाई टिम कप्तान समेत घोषणा गरेको छ।

आईपीएल टिम दिल्ली डेयर डेभिल्सबाट खेलीसकेका खेलाडी योगेश नागरलाई प्याट्रियट्सले आफ्नो टिममा अनुबन्ध गरेको हो। यस्तै प्रथम श्रेणी क्रिकेट खेलीसकेका सुबोध भाटी र जयकिशन अनिलकुमार कोलसावाला पनि प्याट्रियट्सको लागि खेल्नेछन्।

दिल्लीको लागि आईपीएलमा सन् २००८/९ को सिजनमा डेब्यु गरेका योगेश नागर विस्फोटक ब्याटिंगको कारण चिनिने गर्छन्। छोटो फर्म्याटको क्रिकेटका बिशेष खेलाडी नागरले २०१२ सम्म आईपीएलको २६ खेल खेलेका थिए। २६ खेलको २० इनिंगमा उनले २०.३६ को औशतले कुल २८५ रन बनाएका थिए जसमा उनको सर्बाधिक ४४ रन थियो जुन उनले २०१२ मा चेन्नई बिरुद्ध बनाएका थिए। त्यसपछि भने नागरले आईपीएल टिममा स्थान बनाउन सकेका छैनन् भने २०१५ यता रणजी टिममा समेत पर्न असफल छन्।

यस्तै बरोडाका लागि रणजी खेल्ने विकेट किपर ब्याट्सम्यान जयकिशन अनिलकुमार कोलसावालालाई पनि प्याट्रियट्सले टिममा अनुबन्ध गरेको छ। प्याट्रियट्स प्रशिक्षक राजु बस्नेतले टिममा विकेटकिपर ब्याट्सम्यानको स्थान रिक्त रहेको जसलाई पूर्ति गर्न उनलाई अनुबन्ध गरेको विकेटनेपाललाई जानकारी गराएका छन्।

विशेष