समाज भिडियो

के के हुन्छ नेपालको जेलमा ? सार्वजनिक विदाको सहुलियत कैदीबन्दीले पाउँदैनन् (भिडियो) : विश्वनाथ गौतम

मञ्जु मिश्र

के के हुन्छ नेपालको जेलमा ? सार्वजनिक विदाको सहुलियत कैदीबन्दीले पाउँदैनन् (भिडियो) : विश्वनाथ गौतम

काठमाडौं । सात वर्षसम्म बिना कसुर जेल सजाय भोगेका ५७ वर्षीय विश्वनाथ गौतमले नेपाल आजसंग कुरा गर्दै हरेक कैदीबन्दीले सरकारी विदा तथा सार्वजनिक विदाको सहुलियत पाउनु पर्ने माग गरेका छन् ।

‘नेपालबाहेक विश्वका कतिपय देशहरुमा सरकारी विदाको दिन कैदिबन्दीहरुलाई छुट्टी सरह विदा उपभोग गर्न दिईन्छ । परिवारसंग भेट्ने मौका दिईन्छ तर नेपालमा यस्तो व्यवस्था छैन् ।’ उनले भनेका छन् ।

बिनाकारण जेल बस्नु पर्दाको पिडा जाहेर गर्दै उनले भने ‘पहिले पहिले त रातदिनको समयलाई जोडेर जेल सजाय हुने गथ्र्यो नेपालमा पनि, तर अहिले त्यो व्यवस्था खारेज भएको छ । कमसेकम कैदी बन्दीहरुले पनि यो देशका नागरीकहरुको हेैसियतसरह सार्वजनिक विदा उपभोग गर्न पाउनु पर्ने हो ।’

बिश्वनाथ गौतम पहिले युनिटी लाइफ नामक एक कम्पनीमा निर्देशकको रुपमा काम गर्थे । सात वर्ष अघि नेपाल सरकारले उक्त कम्पनीले सर्वसाधारण जनता झुक्याउने कार्य गरेको आरोपमा कम्पनीका सबै सात जना संचालकलाई नै कारबाही गरेको थियो ।

करोडौं धनरासी ठगी गरेको भन्ने आरोपमा भने कम्पनिले ललितपुर उच्च अदालतबाट सफाई पाईसकेको छ ।

गौतमलाई नेपाल सरकार गृह मन्त्रालयको छानबिन समितीको प्रतिवेदनको आधारमा संस्थापक संचालक भनि प्रहरीले काठमाडौंबाट पक्राउ गरी सिधै नख्खु जेल पठाएको थियो ।

अदालतले भने उनलाई पुर्पक्ष्यको लागी भन्दै सात वर्ष नख्खु कारागारमै राखेको थियो । यहि सातवर्ष लामो जेलजिवन भोग्ने क्रममा उनले कैदीबन्दीहरुको दयनियँ अवस्था भएको र नेपालमा कुनै पनि सेवा सुविधा कैदी बन्दीहरुले नपाएको गुनासो व्यक्त गरेका थिए । यो कुरा यसअघि गरिएको कुराकानीको क्रममा पनि गरेका छन् ।

विश्वनाथ गौतम अहिले निर्दोष सावित भई रिहा भएका छन् । युनिटि लाईफ भन्ने कम्पनी पनि अहिले खारेज अवस्थामा छ । यद्धपी ‘नेटवर्कीङ मार्केट’ बाहेक अन्य कारोबार गर्न कटम्पनिले पाउने कुरा अदालतको फैसलामा उल्लेख छ ।

विशेष