जम्मा पाँच दलले मात्र राष्ट्रिय मान्यता पाउने
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँचवटा पार्टीले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी न्यूनतम मतसीमा कटाएर नेकपा एमाले,नेकपा माओवादी, नेपाली काँग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएको छ । आजको हिमालय टाइम्समा खबर छ ।