मुख्य समाचार

संसद ग्यालरीमा ६८ सांसद नयाँ

संसद ग्यालरीमा ६८ सांसद नयाँ

काठमाडौं । राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् ।

समानुपातिकतर्फ पनि योपटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहो¥याई सूची बुझाएकाले संसद्मा नयाँ सांसदको बाहुल्य हुने करिब निश्चित छ । तर, समानुपातिकको सङ्ख्या भने यकिन भइसकेको छैन ।

संसद्मा ‘डेब्यु’ गर्न लागेका केही अनुहार भने यसअघि निर्वाचनमा पराजित भएकासमेत छन् । निर्वाचित केही जनप्रतिनिधि भने पहिलो प्रयासमै केन्द्रीय संसद्को स्थान पक्का गर्नेहरू छन् ।

ताप्लेजुङबाट निर्वाचित एमाले सचिवसमेत रहेका योगेश भट्टराई पहिलोपटक केन्द्रीय संसद् प्रवेश गर्दै छन्र । भट्टराईले तेस्रो प्रयासमा केन्द्रीय संसद्को यात्रा निश्चित गर्नुभएको हो ।

मन्त्री भइसक्नुभएका एमालेको भ्रातृ सङ्गठन युथ फोर्सका पूर्वअध्यक्ष महेश बस्नेत पनि पहिलोपटक संसद्मा ‘डेब्यु’ गर्दै छन् । प्रहरी सङ्गठनबाट फेरिएको दैनिकी लिएर पूर्वडीआईजी नवराज सिलवाल पनि केन्द्रीय संसद् सदस्य बन्नुभएको छ । आजको गोरखापत्रमा खबर छ ।

विशेष