मनोरञ्जन

विराट र अनुष्काले हनिमुन मनाइरहेको फोटो सार्वजनिक

विराट र अनुष्काले हनिमुन मनाइरहेको फोटो सार्वजनिक


काठमाडौं । । सोमबार इटालीको एक रिसोर्टमा परिवारका सदस्य तथा नजिकका आफन्तहरुको सहभागितामा विवाह गरेका भारतीय क्रिकेट टिमका कप्तानविराट कोहली तथा बलिउड अभिनेत्री अनुष्का शर्माको फोटो सार्वजनिक भएको छ ।    

सार्वजनिक भएको यी नवविवाहित जोडी फोटोमा दुबैजनाले एक अर्कालाई अंगालो मारेर रिसोर्टको झ्यालमा बसेका छन् । इटालीको टुस्क्यानीको बार्गो फिनोसिटो रिसोर्टमा हनिमुन मनाइरहेका यिनीहरुको फोटो भारतीय अनलाइन मिडिया बलिउड नाउको इन्स्टाग्रामबाट सार्वजनिक भएको हो ।    

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका विराट र अनुष्काले इटालीको ऐतिहासिक शहरको महँगो रिसोर्टमा सानो जमघटमा विवाह गरे पनि दुई सातापछि भारतमा दुई वटा भव्य पार्टी दिने बताइएको छ ।    

यी दुइले विवाह गरेको रिसोर्ट संसारका महँगा रिसोर्टमध्ये पर्छ । उक्त रिसोर्टमा जम्मा २२ वटा कोठा रहेका छन् । सन् २००१ मा अमेरिकाका पूर्वराजदूत फिलिप्सले खरिद गरी सञ्चालनमा ल्याएको सो रिसोर्टमा यसअघि गत मे महिनामा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले पारिवारिक छुट्टी मनाएका थिए ।

विशेष