मनोरञ्जन

जब बाबु भन्दा पहिला खाना खाएको कारण कंगनाले थप्पड खाइन्

जब बाबु भन्दा पहिला खाना खाएको कारण कंगनाले थप्पड खाइन्

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले अन्तर्वार्तामा आफ्नो परिवारको संकीर्ण सोचबारे धेरै कुरा खुलासा गरिसकेकी छिन् । कंगनाले यो पनि बताएकी छिन् कि उनले कसरी पारिवारिक सहायताबिना नै फिल्म लाइनमा आफ्नो बाटो बनाइन् । हालै एक अन्तर्वार्तामा कंगनाले फेरि पनि आफ्नो बच्पनको कथा साटेकी छिन् ।

कंगनाले भनिन्, ‘म राजपूत समुदायीकी चेली हुँ । हाम्रो समुदायमा महिलाहरुले पुरुष भन्दा पहिला खाना खाँदैनन् । मलाई आज पनि याद छ, जब म मेरो बाबु घर कति बेला आउनुहुन्छ भेनर पर्खेर बसेको हुन्थें । कति समय त उहाँ रक्सी खाएर ढिलासम्म घर आउनुहुन्थेन र खाना पनि खानुहुन्थेन । त्यत्ती लामो समयको पर्खाइपछि मेरी आमा बल्ल खाना खानुहुन्थ्यो ।’

बालापनका सम्झना गर्दै उनले भनिन्, ‘एक पटक मैले डाइनिङ टेबलबाट उठाएर केही खाएको थिएँ । मेरा हजुरबाबुले उत्तिखेरै आएर मलाई एक थप्पड हान्नुभयो,जब घरका कसैले खाना खाएका छैनन् तिमीले किन खाएको भनेर गाली गर्नुभयो ।’

विशेष