मुख्य समाचार

अध्यक्षद्वय प्रचण्ड र ओलीबीच भेटबार्ता

अध्यक्षद्वय प्रचण्ड र ओलीबीच भेटबार्ता

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ।

शुक्रबार दिउँसो काठमाडौंमा भएको छलफलमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाको गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको थियो। अध्यक्ष प्रचण्ड र ओलीबीच भएको छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र बाम गठबन्धन परिणाममूखी भएको निष्कर्ष निकालिएको छ।

ओली र प्रचण्डबीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी भएको छ। शुक्रबारको छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएको छ।

prachanda and oli

विशेष