आज वर्षभरकै चिसो, तापक्रम ३.२ डिग्री सेल्सियस

काठमाडौं । आज यो वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार विहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ ।
उनको भनाइअनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो ।
काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने कँडेलले बताइन् ।
पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । शुक्रवार पश्चिम तराइका केही भेगमा लागेको हुस्सु दिउँसोसम्म पनि थियो । अब हुस्सु लाग्नेक्रम पूर्वी तराईमा समेत बढ्दै जाने मौसमविद् कँडेलको भनाई छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको उनले बताइन् ।