मुख्य समाचार

प्रधानमन्त्री देउवा र प्रचण्ड भेट, यस्तो भयो कुराकानी

प्रधानमन्त्री देउवा र प्रचण्ड भेट, यस्तो भयो कुराकानी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, नयाँ सरकार गठन र राजनीतिक नियुक्ति तथा सरुवा बढुवाका विषयमा छलफल भएको बताइएको छ ।

प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले कामचलाउ भूमिकामा देउवा सरकार रहेकाले राजनीतिक महत्व राख्ने सरुवा बढुवाका निर्णय नगर्न प्रधानमन्त्रीलाई प्रचण्डले सचेत गराएका बताए ।

हालको सरकारले कुनै पनि निर्णय गुर्नपरेमा राजनीतिक सहमतिको आधारमा गर्न पनि देउवालाई प्रचण्डले सुझाव दिएका छन् । देउवा नेतृत्वको सरकार काम चलाउ सरकार भएको भन्दै नेकपा एमालेले कुनै पनि निर्णय नलिन भन्दै आएको छ ।

विशेष