मुख्य समाचार

समानुपातिकको सिट बाँडफाँड गर्न १५ दिन लाग्ने

समानुपातिकको सिट बाँडफाँड गर्न १५ दिन लाग्ने


काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाका सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना सकिएपछि पनि दलहरुले प्राप्त गर्ने सिट संख्याको टुंगो लगाउन कम्तीमा १५ दिन लाग्ने जनाएको छ।

कुल खसेको सदर मतलाई विभाजन गर्ने सेन्ट लग भाजक सूत्रको प्रयोग तथा दलहरुले सूची पेश गर्ने र सच्याउन समय लिने भएकाले समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारहरुको अन्तिम सूची प्रकाशनका लागि समय लाग्ने भएको हो।

तर दलहरुले प्रचलित नियम कानून विपरित बढी समय लिएमा आयोग आफैंले दलहरुले पेश गरेको सूचीको प्राथमिकता क्रम मिल्ने गरी अन्तिम नाम सार्वजनिक गर्नसक्ने विज्ञको भनाइ छ।

विशेष