मनोरञ्जन

राजकुमार ह्यारी र मेगनको विवाह मे १९ मा हुने

राजकुमार ह्यारी र मेगनको विवाह मे १९ मा हुने


लन्डन । बेलायतका राजकुमार ह्यारी र मेगन मर्केलको बिहेको मिति निश्चित भएको छ। सन् २०१८ मे को १९ तारिखमा औपचारिक विवाह हुने भएको छ ।

केन्सिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ । वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

ह्यारी र मेघागनकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो। उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिवारसँगै मनाउने भएका छन्।

विशेष