खेल

प्रतियाेगितामै हाबी यु-१६ नेपाली बलर, फाइनलमा प्रवेश

प्रतियाेगितामै हाबी यु-१६ नेपाली बलर, फाइनलमा प्रवेश

मलेसियालाई मात्र ५५ रनमै अलआउट गरेपछि नेपालले एसीसी यु-१६  इस्टर्न रिजन प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेकाे छ । नेपालले मलेसियामाथि ७२ रनकाे जित निकाल्दै फाइनलकाे यात्रा तय गरेकाे हाे ।

टस हारेर ब्याटिंङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ३४ ओभरमा ८ विकेट गुमाउँदै बनाएको १२७ रनको जवाफमा ब्याटिंग गरेको मलेसियाले कम्जोर ब्याटिंङ गर्दै २१.१ ओभरमा ५५ रन बनाउँदा सबै विकेट गुमेको थियो ।

समूह बीकाे उपविजेता मलेसियामाथि सजिलाे जित निकाल्न नेपाली बलर सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए । त्यस्तै प्रतिस जिसीले ३ विकेट लिए भने अजय कुमार लाेनिया र कुशल मल्लले एक–एक विकेट हात पारे ।

मलेसियाको लागि सन्देश सुप्रमनियमले मात्र १६ रन बनाउँदै दाेहाेराे अंक जाेड्न सफल भए । अन्य ब्याट्सम्यानहरुले दाेहाेराे अंककाे रन बनाउन सकेनन् । 

यसअघि ब्याटिङ गरेकाे नेपालकाे लागि प्रतिस जिसीले सर्वाधिक २५ रन बनाए । त्यस्तै नारायण जाेसी र सुनिल भण्डारीले १७ तथा विशाल विक्रम केसीले १५ रनकाे याेगदान दिए । नेपाल समूह चरणमा भएकाे तीन वटै खेलमा पनि जित हासिल गरेकाे छ । नेपाल अब फाइनलमा सिगांपाेर सँग भिड्ने छ ।  

Nepali Cricket CTeam

विशेष