मुख्य समाचार

काठमाडौंको तापक्रम शुन्यमा झर्यो, अत्याधिक चिसो हुने

काठमाडौंको तापक्रम शुन्यमा झर्यो, अत्याधिक चिसो हुने

काठमाडौं । तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तराई प्राय सबै जिल्लामा हुस्सु लागेको बरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए ।

हिमाली जिल्लामा अत्याधिक चिसो बढेको छ । आज सबै भन्दा चिसो जुम्लामा छ । जुम्लाको न्युनतम तापक्रम माइनस ४ दशमलब ४ डिग्री सेल्सियस छ । दोलखाको जिरीमा पनि तापक्रम माइनसमा झरेको छ । जिरीको न्युनतम तापक्रम माइनस १ दशमलब ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको अर्यालले जानकारी दिए । उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।

दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले बताएका छन् ।

विशेष