मनोरञ्जन

आमाको बाटोमा श्रीदेवीकी छोरी जाह्नवी, नायिका बन्दै

आमाको बाटोमा श्रीदेवीकी छोरी जाह्नवी, नायिका बन्दै

मुम्बई । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी नायिका बन्ने भएकी छन् ।

उनी यतिबेला नयाँ फिल्म ‘धड्क’ को छायांकनमा व्यस्त छिन् । करण जौहरले जाह्नवीलाई बलिउडमा डेब्यु गराउन लागेका हुन् । यो फिल्ममा जाह्नवीसँग इशान खट्टर पनि डेब्यु गर्दै छन् ।

करणले फिल्मको जाह्नवी र इशानका केही तस्बिर पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यो फिल्मलाई उनले आगामी ६ जुलाईमा विश्वव्यापी रिलिज गर्ने भएका छन् ।

यो फिल्ममा जह्नवीकी आमाको भूमिकामा श्रीदेवी आफैं देखिने भएकी छन् । फिल्मलाई सशांक खेतानले निर्देशन गरिरहेका छन् । हम्पटी शर्माकी दुल्हनियाँ र बद्रीनाथकी दुल्हनियाँजस्ता फिल्म निर्देशन गरेका सशांकले यसपटक यी टिनएजर्स कलाकारलाई डेब्यु गरेका छन् ।

विशेष