मनोरञ्जन

नेपाली मोडल सबिता भारतीय रियालिटी सोमा फष्ट रनरअप

नेपाली मोडल सबिता भारतीय रियालिटी सोमा फष्ट रनरअप


एजेन्सी । भारतको चर्चित रियालिटि सो ‘इण्डियाज नेक्स्ट टप मोडल सिजन ३’ मा नेपाली मोडल सबिता कार्कीले दोस्रो स्थान हासिल गरेकी छिन् । अहमदाबादकी २० वर्षीया रिया सुबोधले पहिलो स्थान हासिल गरिन् भने पुनेकी श्वेता राज तेस्रो भइन् ।

फाइनल फोटो सुट च्यालेन्जको लागि तीनजना प्रतिस्पर्धीले आफ्नो परिवारका सदस्यसँग फोटो खिचाउन पर्ने थियो । सबिताका परिवारका कोही पनि सदस्य त्यहाँ उपस्थित हुन नपाएका कारण उनले कार्यक्रम प्रस्तोता गाबा र अनुष्का डान्डेकरसँग पोज दिएकी थिइन् ।

अन्तिम फोटोसुट, र्याम्प वाक र सम्पूर्ण यात्रालाई मध्यनजर गरेर विजेता छानिएको थियो । 

 

 

 

 

 

 

 

 

 

 

विशेष