खेल

सिंगापुर सामु नेपालको १ सय ८४ रनको चुनौती

सिंगापुर सामु नेपालको १ सय ८४ रनको चुनौती

काठमाडौं । अण्डर सिक्सटीन एसिसि इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुर सामू १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्याण्डको टेडथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८३ रन बनाउँदै यो लक्ष्य प्रस्तुत गरेको हो । ३५ ओभरको खेलमा नेपालले ६ विकेट गुमाएर १८३ रन बनाउन सक्यो । नेपालका लागि विशालविक्रम केसी र नारायण जाशीले उत्कृष्ट पारी खेले । विशालले अर्ध सतक प्रहार गरे । उनले एक छक्का र ४ चौका मद्धतमा ६३ रन जोड्दा क्याच आउट भए भने नारायणले १ छक्का र ५ चौका मद्धतमा ४६ रन जोड्न सफल भए ।

त्यस्तै सुवास ऐरले २२, तृतराज दासले १९, सुनिल भण्डारीले १५ र राजन मगरले ३ रन जोड्दा कौशल मल्लले खाता खोल्न सकेनन् भने प्रतिश जिसी १० रनमा नटआउट रहे । प्रतियोगिताको नेपाल अपराजित टोली हो ।

विशेष