मुख्य समाचार

समानुपातिकको मत गणना सकियो, कुन दलले कति सिट पाउने

समानुपातिकको मत गणना सकियो, कुन दलले कति सिट पाउने


काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ ।

प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिइसकेको छ। मंसिर २१ गते बेलुकीदेखि सुरु भएको मतगणना आइतबार बिहान सकिएको निर्वाचन आयोगले जानकारी दिएको हो। आइतबार बिहान सर्लाही क्षेत्र नम्बर २ को समानुपातिकको मतगणना सकिएसँगै सम्पूर्ण मतगणनाका काम सकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

आयोगले अहिले १६५ निर्वाचन क्षेत्रको मतपरिणाम संकलन गरिरहेको र त्यसलाई डाटा अपडेट गरिरहेको उनले बताए। मत गणना सकिए पनि कुन दललाई कति सिट मिल्ने भन्नेबारे निर्क्यौल गर्न अझै समय लाग्ने आयोगका अधिकारीले जानकारी दिएका छन्। समानुपातिकमा सबैभन्दा ठूलो दल नेकपा एमाले बनेको छ। उसले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ। दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ।

राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत ल्याएर थ्रेसहोल्ड पार गर्न सफल भएका छन्। अब समानुपतिक सिट यी ५ दलबीचमात्र बाँडफाँट गरिने छ। समानुपातिकतर्फका कुल ११० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा फोरम र राजपाले ६–६ सिट पाउने सम्भावना छ।

विशेष