खेल

रियलले जित्यो क्लब विश्वकपको उपाधि, रोनाल्डोको निर्णायक गोल

रियलले जित्यो क्लब विश्वकपको उपाधि, रोनाल्डोको निर्णायक गोल

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । युएईको आबुधावीमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १ – ० ले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो ।

रियल मड्रिडलाई क्लब विश्वकपको उपाधि दिलाउन क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरे । गत साता बालोन डी ओरको उपाधि जितेका रोनाल्डोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा रोनाल्डोले निर्णायक गोल गरेका थिए । रोनाल्डोले फ्रिकिकबाट गोल गरेका थिए ।

योसँगै रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि लगातार दोस्रो पटक जितेको छ । रियल मड्रिड लगातार क्लब विश्वकप जित्ने पहिलो टोलि समेत भएको छ । क्लब विश्वकपको उपाधिसँगै रियलले यो सिजन पाँच उपाधि भित्राउन सफल भएको छ । रियलले यो बर्ष च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, यूएफा सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकपको उपाधि जितेको हो ।

विशेष