देश

चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारी संचालनमा प्रतिबन्ध

चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारी संचालनमा प्रतिबन्ध

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ ।

इलेक्ट्रिक, ग्यास टेम्पो र माइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुने छैन । अहिले ग्रामीण सडकहरुमा २० वर्ष पुराना सार्वजनिक सवारी उल्लेख्यमात्रामा संचालित छन् ।

काठमाडौंबाट हटाइएका सवारी पनि उपत्यकाबाहिर विभिन्न ग्रामीण रुटमा लगेर चलाइँदा ग्रामीण भेगमा चल्ने सवारीमा दुर्घटनाको जोखिम पनि बढाइरहेको छ ।

आगामी चैतबाट भने अटेर गरेर त्यस्ता गाडी गुडाइरहे व्यवसायी कारवाहीको भागिदार हुने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

विशेष