Technology

यी हुन् यो वर्षका दश उत्कृष्ट फोन

यी हुन् यो वर्षका दश उत्कृष्ट फोन

काठमाडौं । गुगलले सन् २०१७ मा सबैभन्दा बढी गुगलमा हेर्न खोजिएको उत्कृष्ट दश स्मार्टफोनको नाम सार्वजनिक गरेको छ ।

आइफोन–१० एवं सामसुङ–८ जस्ता फोनहरू गुगलले उक्त चर्चित मोबाइलको सूचीमा राखेको छ । सूूचीमा सबैभन्दा माथि रहन सफल आइफोन–१० एप्पल कम्पनीले आफ्नो दशौं वार्षिक उत्सवमा लन्च गरेको थियो ।

गतवर्ष आइफोन–७ ले सबैलार्इ उछिनेको थियो । साथै फ्रिडम –२५१ ले पनि धेरै सर्च गरिने फोनको सूचीमा स्थान ओगटेको थियो भने आइफोन एसर्इ एप्पल कम्पनीको सबैभन्दा सस्तो फोन भैकन पनि सो सूचीमा रहन सफल रह्यो ।
यो वर्ष सबैभन्दा धेरै सर्च गरिएको उत्कृष्ट दश फोनको लिस्टमा यी फोनहरु छन् :

१. आइफोन-१०

२. आइफोन–८

३. हुवेइ नोभा २आर्इ

४. ओप्पो एफ–५

५. ओप्पो एफ-१एस

६. सामसुङ ग्यालेक्सी जे-७ प्रो

७.  नोकिया-६

८. सामसुङ ग्यालेक्सी जे२ प्राइम

९. ओप्पो एफ३

१०. नोकिया-३३१०

विशेष