मनोरञ्जन

सलमानले गरे विश्व सुन्दरी मानुषीलाई फिल्म खेल्ने अफर

सलमानले गरे विश्व सुन्दरी मानुषीलाई फिल्म खेल्ने अफर


मुम्बर्इ । सलमान खानले भर्खरै मिस वर्ल्ड २०१७ को उपाधि जितेर फर्केकी मानुषी चिल्लरसँग फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

मानुषी छिल्लरलार्इ फिल्ममा खेलाउन थुप्रै फिल्म निर्देशक तथा निर्माताहरूको फोन आइरहेको छ । यी सबै अफरहरूभन्दा पनि खास कुरो त बलिउड नायक सलमान खानले चिल्लरसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

मिस वर्ल्डको टाइटल जितेपछि मानुषीको ट्यालेन्टबाट प्रभावित हुँदै सलमानले मानुषी आफ्नो प्रोडक्सन हाउस एसके फिल्मबाट वा उनको कुनै फिल्मबाट बलिउडमा डेब्यु गरून् भन्ने चाहेका हुन् ।

यसअघि सलमानले सोनाक्षी सिन्हा, आदित्य शेट्टी, जरिन खान जस्ता कैयौं बलिउड स्टारहरूलार्इ बलिउडमा डेब्यु गराएका थिए । धेरैले मानुषीलार्इ फिल्म क्षेत्रमा प्रवेश गर्ने अपेक्षा राखेतापनि हाललार्इ उनले सबै फिल्म अफर अस्वीकार गरेकी छन् । आफूले अहिले पढाइ पुरा गर्न चाहेको र तत्काल फिल्ममा डेब्यु गर्ने कुनै इच्छा नभएको पनि मानुषीले बताइन् ।

तर पनि उनले आमिर खानको फिल्मबाट डेब्यु गर्न चाहेको खुलासा गरेकी छिन् । हाल एमबीबीएसको विद्यार्थी रहेकी मानुषी शारीरिक रुप र सुन्दरताले कुनै बलिउड अभिनेत्रीभन्दा कम छैनन् ।

विशेष