मनोरञ्जन

फिल्ममा आउनु अघि यसो गर्थे यी बलिउड कलाकार

फिल्ममा आउनु अघि यसो गर्थे यी बलिउड कलाकार

मुम्बर्इ। बलिउडका कैयाैं चिरपरिचित हस्तिहरूले करियरकाे शुरुवात साधारण कामबाट गरेकाे देखिन्छ । फिल्म क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले उनीहरू के काम गर्दथे भन्नेबारे धेरैकाे उत्सुकता हुन सक्छ । अाउनुहाेस् कुन बलिउड सेलिब्रिटीले अाफ्नाे करियर कुन कामबाट गरेका थिए भन्नेबारे जानी राख्नुहाेस् ।

साेनम कपुर

साेनम पढाइकाे सिलसिलामा सिंगापुर बस्दा पकेट मनी अपुग भएपछि एउटा रेस्टुरेन्टमा वेट्रेसकाे काम गरेकी थिइन् । साेनम अाफैंले उक्त कुराकाे खुलासा एउटा च्याट शाे मा गरेकी थिइन् ।

रणवीर सिंह

फिल्म ‘बैंड बाजा बारात’ (२०१०) बाट बलिउडमा पाइला राखेका रणवीर सिंह बलिउड अाउनुभन्दा पहिले एक विज्ञापन एजेन्सीमा काम गर्थे । उनी मुम्बर्इमा इस एड एजेन्सीमा कपीराइटर थिए । पछि उनका साथी मनिष शर्माकाे अनुराेधपछि अभिनय क्षेत्रमा छिरेका हुन् ।

सोनाक्षी सिन्हा

सन् २०१० मा ‘दबंग’ बाट डेब्यु गरेकी साेनाक्षी सिन्हा फिल्म क्षेत्रमा अाउनुअघि कस्ट्युम डिजाइनरकाे काम गर्थिन् । सन् २००५ मा बनेकाे फिल्म ‘मेरा दिल लेके देखो’ मा साेनाक्षीले नै कस्ट्युम डिजाइन गरेकी थिइन् ।

अरशद वारसी

फिल्म लाइनमा अाउनुभन्दा पहिले अरशदकाे अार्थिक अवस्था त्यति राम्राे थिएन । साेही कारण उनी १७ वर्षकाे उमेरमै सेल्सम्यानकाे रुपमा काम गर्न थालेका थिए । अरशद घर-घर डुलेर श्रृंगारका सामग्रीहरू बेच्थे । पछि उनले फाेटाे ल्यावमा पनि काम गरे ।

नवाजुद्दिन सिद्दिकी

फिल्म ‘ग्यांग्स अफ वासेपुर’ बाट चर्चित भएका नवाजुद्दिनले पढाइपछि केही समय केमिस्टकाे काम गरेका थिए । त्यसपछि उनी दिल्लीमा एक थिएटर ग्रुपसँग जाेडिए तर पैसा त्यति कमाइ नहुने भएपछि छाेडेका थिए । पैसा जुटाउने क्रममा पछि उनले वाचम्यान पालेकाे काम पनि गरे ।

जाेनी लिवर

फिल्ममा हँसाउनकाे लागि चिरपरिचित जाेनी लिवर पहिले मुम्बर्इमा कलम बेच्थे । उनले सन् १९८१ मा फिल्म ‘दर्द का रिश्ता’बाट अभिनय क्षेत्रमा प्रवेश गरेका हुन् ।

शाहरुख खान

अाफ्ना शुरुवाती संघर्षका दिनहरूमा शाहरुख दिल्लीमा कन्सर्ट अटेन्डरकाे रुपमा काम गर्दथे । पंकज उदासकाे एउटा लाइभ कन्सर्टमा उनले ५० रुपैयाँ कमाएका थिए ।

अार माधवन

माधवनले इलेक्ट्राेनिक्स इंजिनियरिंगमा डिग्री गरेका छन् । तर उनले साे क्षेत्रमा करियर बनाएनन् । उनकाे सपना एक्टर बन्ने नै थियाे । तर अाफ्नाे खर्च चलाउन माधवनले मान्छेहरूलार्इ अंग्रेजी बाेल्न सिकाउँथे । कलेजमा उनी पब्लिक स्पीकिंग तथा कम्युनिकेशन स्किल्स पढाउँथे ।

जाेन अब्राहम

एमबीए पास गरेका जाेन अब्राहमले करियरकाे शुरुवात माेडलिंगबाट गरेका हुन् । पढाइ सकेर उनले एक मिडिया इंटरटेनमेंट कम्पनिमा काम गरेका थिए । यस बाहेक उनले मिडिया प्लानरकाे काम पनि गरिसकेका छन् ।

रजनीकांत

फिल्म क्षेत्रमा अाउनुअघि रजनीकांत बस कंडक्टर थिए । उनी बसमा टिकट काटिरहेकाे बेला उनकाे स्टाइलबाट प्रभावित भएर एक डाइरेक्टरले उनलार्इ फिल्ममा माैका दिएका थिए । त्यसपछि उनकाे भाग्य फेरियाे । उनले सन् १९८३ मा ‘अंधा कानून’ फिल्मबाट डेब्यु गरेका हुन् ।

विशेष