मुख्य समाचार

कहिले हुन्छ समानुपातिक सिट बाँडफाँट?

कहिले हुन्छ समानुपातिक सिट बाँडफाँट?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। मतगणना सकिए पनि सिट बाँडफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ।

जिल्लाबाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परिणाम आएपछि मात्र आयोगले दलले पाउने सिटको बाँडफाँट गर्ने जानकारी दिएको छ। आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मतअनुसार नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ। नेकपा ९एमाले० ले दोस्रोमा रहेको नेपाली कांग्रेसभन्दा ४६ हजार १०५ मत बढी पाएको छ। समानुपातिकतर्फको अन्तिम मतगणनाअनुसार यसपटक राष्ट्रिय दलको मान्यता पाउने दलको सङ्ख्या पाँच मात्र हुने भएको खबर आजको गोरखापत्रमा छ।

आयोगले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक नगरे पनि सदर मतको तीन प्रतिशतको हिसाबले पाँच दलले मात्र राजनीतिक दल सम्बन्धी ऐनले ताकेको थ्रेसहोल्डको तीन प्रतिशत कटाएका छन्। आयोगले सार्वजनिक गरेको प्रारम्भिक सदर मत ९५ लाख ४४ हजार ७४४ रहेको छ। जसअनुसार थ्रेसहोल्ड तीन प्रतिशत कटाउन दुई लाख ८६ हजार ३४२ मत आवश्यक पर्नेछ। तीन प्रतिशत नकटाउने दलको मत गणना समानुपातिकतर्फ सिट बाँडफाँटका लागि गणना हुँदैन।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन एकाइ प्रमुख सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले औपचारिक निर्वाचन परिणाम प्राप्त भइ नसकेकाले सिट बाँडफाँटमा केही दिन लाग्ने बताए। तिम्सिनाले भन्नुभयो ‘हामीले सबै क्षेत्रबाट औपचारिक परिणाम मगाइ रहेका छौँ। सबै मतपरिणाम आएपछि रुजु गर्छौँ त्यसपछि कसले कति सिट पाउने हामी हिसाब निकाल्छौँ।’ मत परिणाम विभाजन सूत्र अनुसार हाल आयोगले सार्वजनिक गरेको मत अनुसार एमालेले सबैभन्दा बढी ४१ सिट पाउने देखिन्छ। यस्तै, काँग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा तथा सङ्घीय समाजवादी फोरमले ६र६ सिट पाउने देखिएको छ।

विशेष