खेल

मेसीले जिते एकैपटक दुई अवार्ड

मेसीले जिते एकैपटक दुई अवार्ड

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले एकैदिन दुई अवार्ड जितेका छन्। मेसीलाई स्पेनिस खेलकुद पत्रिका मार्काले दुई अवार्ड प्रदान गरेको हो।

बार्सिलोनामा आयोजित कार्यक्रममा मार्काले मेसीलाई पिचिची अवार्ड र अलफ्रेड डि स्टेफानो आवार्ड प्रदान गरेको हो। पिचिची अवार्ड एथलेटिक बिल्बाओका स्ट्राइकर राफेल फिचिची मोरेनो अलाजाडीको नाममा स्थापना गरिएको हो। ला लिगा सिजनमा बढी गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिन्छ। मेसीले गत सिजन ३४ लिग खेलमा ३७ गोल गरेका थिए।

३० वर्षीय मेसीले प्राप्त गरेको अर्को अवार्ड स्टेफानो ला लिगका उत्कृष्ट खेलाडीलाई प्रदान गरिदै आइएको छ। बार्सिलोनाका मिडफिल्डर आन्द्रे इनिस्टालाई मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड प्रदान गरिएको छ।

विशेष