स्वास्थ्य

बेलायती युवाहरु सेक्स गर्दा कण्डम नै प्रयोग गर्दैन्

बेलायती युवाहरु सेक्स गर्दा कण्डम नै प्रयोग गर्दैन्

लण्डन । बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ बर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् ।

किन गर्दैनन ? कारण यस्तो छ : धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमि ल्याउने बताएका छन् । कतिपयले कण्डम प्रयोग नगर्नुको पछाडी रक्सीलाई कारक ठहरयाएका छन् । मदिरामा मात्तिएका बेला होस हुँदैन् लापरबाह पुर्वक सेक्स हुन्छ । कतिपयले भने पार्टनरले प्रयोग गर्ने परिवार नियोजनका अन्य साधानहरु जस्तै पिल्स तथा इम्प्लान्टको समेत प्रयोग समेत कारक भएको बताएका छन् ।

बेलायतको स्वास्थ्य विभागले गरेको सर्भेक्षणमा ठूलो युवा समूह कण्डमको प्रयोगबाट बाहिरै रहेको पाएपछि प्रयोग बढाउने अभियान शुरु गरिएको बताइएको छ । खासगरी २५ बर्ष मुनिका युवाहरुलाई संक्रामक रोगबाट बचाउँन अभियान शुरु गरिएको हो । त्यसो त यौन स्वास्थ्यको लागि पछिल्लो आठ बर्ष यता सरकारले पहिलो पटक क्याम्पियन समेत शुरु गरेको जनाएको छ ।

सर्भेक्षणले १६ देखि २४ बर्ष उमेर समूहका करीब आधा जसो युवकहरुले नयाँ साथीसंग यौनसम्पर्क गर्दा कण्डमको प्रयोग नगरेको देखाएको थियो । त्यस्तै सर्भेक्षणले हरेक १० मध्ये एक जना युवकले कहिल्यै पनि कण्डमको प्रयोग नगरेको देखाएको छ ।

विशेष