मनोरञ्जन

वैशाख २८ आउने तरकारीवालीको लम्फू

वैशाख २८ आउने तरकारीवालीको लम्फू

काठमाडौं । चलचित्र ‘लम्फू’ वैशाख २८ गते रिलिज हुने घोषणा गरिएको छ ।

फिल्ममा कबिर खडका , सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा गौण हुनेछ । फिल्मले समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कुरा देखाउने निर्देशक लामिछानेले बताएका छन् ।

फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा अर्जुन पोखरेलको संगीत रहेको छ।

विशेष