मनोरञ्जन

२६ वर्षिया नेपाली किशोरीसँग विवाह गर्दै ५३ वर्षीया मिलिन्द सोमन

२६ वर्षिया नेपाली किशोरीसँग विवाह गर्दै ५३ वर्षीया मिलिन्द सोमन

एजेन्सी । भारतीय मोडल मिलिन्द सोमन र नेपाली मुलकी अंकिता कुवँरको प्रेम सम्बन्धबारे यसअघि पनि मिडियामा धेरै चर्चा भइसकेको छ । खास कुरा त, ५३ वर्षीया सोमनले २६ वर्षकी प्रेमिकासँगको सम्बन्धले सञ्चारमाध्यम तताएको थियो । अब भने यी दुई विवाह बन्धनमा बाँधिन लागेका छन् ।

पछिल्लो एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका मिलिन्द र अंकिता यही आउँदो नयाँवर्षमा विवाह गर्दै छन् । अंकिताको परिवारबाट पनि विवाहको लागि स्वीकृत भइसकेको छ । अंकीता कुवँर आसामकी बासिन्दा हुन् ।

मिलिन्दले सन् २००६ मा फ्रेन्च अभिनेत्री माइलिन जाम्पानोइसँग विवाह गरेका थिए । तीन वर्षपछि उनीहरुको वैवाहिक जीवनमा पूर्णविराम लागेको थियो । त्यसपछि उनको सम्बन्ध पूर्व मिस इण्डिया मधु सप्रेसँग रह्यो । दुवैले एक सुज कम्पनीको प्रिन्ट एडको लागि नग्न फोटोसुट गराएका थिए । जसले गर्दा उनीहरु विवादमा पनि परे ।

पछिल्लो समय मिलिन्द फिल्म ‘बाजीराओ मस्तानी’ मा देखिएका थिए । त्यसमा उनले अम्बाजी पन्तको भूमिका निभाएका थिए । मलिन्द फिटनेस प्रमोटर पनि हुन् ।

विशेष