मनोरञ्जन

ऐश्वर्याको डुप्लिकेट भनेर चर्चामा आएकी यि अभिनेत्री कता हराइन् ?

ऐश्वर्याको डुप्लिकेट भनेर चर्चामा आएकी यि अभिनेत्री कता हराइन् ?

एजेन्सी । बलिउड फिल्म ‘लकी नो टाइम फर लभ’ मा सलमान खानकी ‘लेडी लभ’ बनेर लाइमलाइटमा छाएकी स्नेहा उल्लाल उमेरले ३० वर्ष भइसकेकी छिन् ।

अभिनेत्री ऐश्वर्या राय वच्चनजस्तै देखिएका कारण सलमानले स्नेहालाई बलिउडमा भित्र्याएका थिए । स्नेहा लामो समयदेखि रगतसँग जोडिएको बिमारी ‘अटोइम्युन डिसअर्डर’बाट पीडित थिइन् ।

त्यसैकारण उनी लामो समयसम्म फिल्मबाट टाढा रहिन् । अहिले उनी पूर्ण रुपमा ठिक भइसकेकी छिन् । स्रोतले जनाएअनुसार, स्वास्थ्य अवस्था ठिक भएपछि उनले रोमान्टिक म्युजिक भिडियो ‘इश्क वाली बारिस’ मा काम गरेकी छिन् ।

फिल्ममा कमब्याक गरेकोबारे स्नेहाले भनिन्, ‘मानिसहरु जब पनि मलाई यति लामो समयमम्म कहाँ थियौ भनेर प्रश्न गर्छन्, मलाई मानिसहरुले धेरै मिस गरेकोजस्तो अनुभूति हुन्छ । म फिल्म इन्डस्ट्रि छोडेर गएको थिइन, बिमारीका कारण केही समय ब्रेक लिएको थिएँ । त्यसकारण यसलाई कमब्याक भन्नु उचित नहोला ।’

विशेष