मनोरञ्जन

सर्वाधिक कमाई गर्नेमा साहरुख नै अगाडि

सर्वाधिक कमाई गर्नेमा साहरुख नै अगाडि

एजेन्सी । विश्वप्रसिद्ध पत्रिका फोब्र्सले जारी गरेको बलिउडका सबैभन्दा बढी कमाउने उत्कृष्ट १० कलाकारमा क–कसको नाम होला ?
विज्ञापनबाट आएको कमाइ र चलचित्रका विश्लेषकसँग गरिएको वार्ताका आधारमा कलाकारको पारि श्रमिक निकालिएको हो । यो कमाइको सूची जुन २०१६ देखि जुन २०१७ सम्मको हो ।

जसअनुसार, रणवीर कपुरको ८।५ मिलियन डलर, अमिताभ बच्चनको ९ मिलियन डलर, रणवीर सिंहको १० मिलियन डलर, प्रियंका चोपडाको १० मिलियन डलर, दीपिका पादुकोणको ११ मिलियन डलर, ऋतिक रोशनको ११.५ मिलियन डलर, आमिर खानको १२.५ मिलियन डलर, अक्षय कुमारको ३३.५ मिलियन डलर, सलमान खानको ३७ मिलियन डलर र शाहरुख खानको ३८ मिलियन डलर रहेको छ ।

विशेष